नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई नाकाबाटै फर्काइयो

नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई नाकाबाटै फर्काइयो
+
-

मोरङ – बंगलादेशका दुई नागरिकले विराटनगर नाकाबाट नेपाल प्रवेश गर्ने असफल प्रयास गरेका छन्। मंगलबार भारतको जोगबनी हुँदै विराटनगर प्रवेश गर्न खोज्ने एक पुरुष र एक महिलालाई भारततर्फ नै फिर्ता पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बंगलादेशको गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजा उल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता पठाइएको हो।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतीय नागरिकको समूहमा मिसिएर नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई सीमास्थित ढाट नम्बर १ बाट फिर्ता पठाएको हो।

बस्नेतले भने, ‘मंगलबार दिउँसो करिब पौने १ बजेतिर उनीहरूलाई सोधपुछ गरी भारततर्फ फिर्ता पठाएका हौँ। जसमा पुरूष करिम मोहम्मद रिजा उल र महिला जायदा बेगम रहेका छन्। प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको राहदानी फेला परेको थियो। केही दिनअघि पनि एक जना पुरूषलाई ढाटबाटै फिर्ता पठाएका थियौँ।’

सीमा क्षेत्रबाट अवैध रूपमा प्रवेश हुन सक्ने हुँदा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको उनले बताए। नेपाल प्रवेश गर्न खोज्दा यसअघि साउन २२ गते बंगलादेशको टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?