सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदैछन्।

गत २० गते नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी समेत सहभागी छ।

प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनको लागि आज अपरान्ह ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि २७ जना सांसदको समर्थन आवश्यक हुन्छ। पछिल्लो सत्ता समीकरण परिवर्तनपछि अहिले प्रदेशसभामा कांग्रेस (१८), एमाले (११) र नागरिक उन्मुक्ति पार्टी (७) सहित पक्षमा ३६ मत रहेको छ।

साउन १८ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह २० गते एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघि २०७९ साल माघ २६ गते मुख्यमन्त्री बनेका शाह गत वर्ष चैत्र २२ गते सरकारबाट बाहिरिएका थिए।

प्रदेशसभामा प्रतिपक्षमा रहेका माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?