स्वास्थ्यकर्मीको घरदैलो अभियान

स्वास्थ्यकर्मीको घरदैलो अभियान
+
-

सिमकोट – स्वास्थ्यकर्मीहरू गाउँ–गाउँमा घरदैलो अभियानबाट दुरदराजमा रहेका सेवाग्राही लाभान्वित भएका छन्। वडा स्तरमा सञ्चालन भएका स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने सेवाग्राहीका लागि आयोजना गरिएको घरदैलो अभियानबाट बिरामी सेवाग्राही लाभान्वित भएका हुन्।

ताँजाकोट गाउँपालिका– १ का स्थानीय छप्कीलाल खड्काले स्वास्थ्यकर्मीहरू गाउँ गाउँमा घरदैलो अभियान लिएर आई पुगेपछि कहिल्यै स्वास्थ्यकर्मी नदेखेका बिरामीले घर मै उपचार गर्न पाएको बताए। उनले स्वास्थ्यकर्मी घरघरमा पुगेर बिरामीलाई चेकजाँच गर्ने र ती बिरामीलाई औषधि निःशुल्क प्रदान गर्ने कार्य भएको जनाए। यसबाट बिरामीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउँदै उनले कम्तीमा महिनाको एक पटक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले गाउँपालिकाको स्वास्थ्य नीतिअनुसार बिरामीको स्वास्थ्य परिक्षण, उपचार र शंका लागेका रोगको परिक्षणका लागि नमूना सङ्कलन गर्ने गर्नका लागि घरदैलो अभियान नै सञ्चालन गरिएको बताए। यो अभियान गाउँपालिकाका पाँच वटै वडामाका सबै बस्तीका घरघरमा स्वास्थ्यकर्मी पुगेर सेवा प्रदान गर्ने कार्य गरिएको हो। स्वास्थ्य संस्था जान नसक्ने सेवाग्राहीलाई लाभ पुग्ने गरि यो अभियान सञ्चालन गरिएको होे। बिरामीको चेकजाँचका साथै निशुल्क औषधी समेत दिने कार्य भएकोले सेवाग्राहीलाई फाईदा पुगेको छ।

यो अभियानबाट ५८२ जना बिरामीको उपचार गर्ने कार्य भएको बताउदै उहाँले त्यस मध्य मलेरियाको शंका लागेका ३५ को नमूना सङ्कलन गरिएको, १५० जनाको आरडिपी र क्षेयरोगका लागि २५ जनाको खकार सङ्कलन गरेर ल्याईएको बताए।

बर्सेनि यो मौसमा सो गाउँपालिकामा मलेरियाका बिरामीहरू देखा पर्ने गर्छन। शंका लागेका बिरामीबाट ल्याएको नमूनालाई गाउँपालिको स्वास्थ्य शाखामा राखिएको ल्याबमा परीक्षण गर्ने कार्य हुने र अर्को प्रदेशमा पठाउने कार्य गरिनेछ। यो अभियान सञ्चालन गर्न शाखाको सात जना स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?