भोटेकोशीमा पानीको बहाव बढेर थामे गाउँमा क्षति

भोटेकोशीमा पानीको बहाव बढेर थामे गाउँमा क्षति
+
-

मोरङ – सोलुखुम्बको खुम्बु पासाङल्हामु गाउँपालिका हुँदै बग्ने भोटेकोशीमा पानीको बहाव बढेपछि बाढी आउँदा तीन वटा घर बगाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो कोशीमा जलस्तर बढेसँगै गाउँपालिका–५ थामेका तीन घर बगाएको थियो।

बाढीका कारण मानवीय क्षति भएकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। तर, बाढीले तीन घर बगाउनुका साथै एउटा होस्टेल र थप ४ घर जोखिममा रहेका छन्।

बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएसँगै इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली उद्धारका लागि खटिएको प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

थामे गाउँमा एक्कासी बाढी आउँदा हिमताल फुटेको अनुमान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?