हुम्लामा दुई वटा कार्यालयबाट नेपाल टेलिकमको फाइबर सेवा सुरु

हुम्लामा दुई वटा कार्यालयबाट नेपाल टेलिकमको फाइबर सेवा सुरु
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको फाइबर सेवा दुई वटा कार्यालयबाट सुभारम्भ भएको छ।

सञ्चार सूचना तथा प्रबिधिमन्त्री पृथ्बी सुब्बा गुरुङले यसको भर्चुअल कार्यक्रमको माध्यामबाट हुम्लाका लागि फाइबर सेवाको सुरुवात गरेका हुन्।

मन्त्री सुब्बाले एक भर्चुअल कार्यक्रमको माध्यामबाट सेवाको सुरुवात गर्दै सरकारको एक सय कामको सुचीमा यो सेवा परेको र यसको सुवात भएको बताए।

मन्त्रालय अन्र्तगत पाँच वटा काम परेको जानकारी दिँदै उनले त्यसमा यो काम पनि परेको बताए।
अब हिमाली जिल्ला हुम्ला औपचारिक रुपमा नेपाल टेलिकमको फाइबर सेवासंग जोडिएको छ। मन्त्री गुरुङले नेपाल र हुम्लाका लागि आजको दिन ऐतिहासिक दिन भएको बताउदै अब बिकटमा पनि भरदर्पो सेवा सुरु भएको बताए।

देशकै ७७ औं स्थानमा हुम्ला जिल्ला नेपाल टेलिकमको फाइबर सेवा सुरुवात भएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयका बरिष्ठ प्राबिधिक अधिकृत यज्ञराज बोहराले बताए। सो सेवा सुरुवाट गर्नका लागि उहाँ काठमाडौंबाट हुम्ला आएर काम गरि रहनु भएको थियो।

हाललाई सो सेवाका दुई वटा कार्यालय जिल्ला प्रशासन र टेलिकमको शाखाका जडान कार्य भएर स्तरीय रुपमा काम गरि रहेको छ। यतिबेला सुवात भएको फाइबर सेवाले मोवाईल नेटवर्क र इन्टरनेट सेवा प्रदान गरि रहेको छ। जिल्लामा १०२४ लाईन बितरण गर्न सकिने भएपनि हाललाई ८१६ लाईन बितरण गरिने छ।

अन्य ग्राहकहरुलाई भने सुर्खेतबाट सामान ढुवानी भएर आई पुगेपछि बितरण गरिनेछ। यसबाट नजिकका स्थानमा पाँइप जीबाट र टाढाका स्थानलाई टु जीवीले काम गर्नेछ। यसका लागि साविकका ग्राहकले तार र राउटर समेत निःशुल्क उपलब्ध गराउनेछ भने शुल्क समेत कम लाग्नेछ। यस्ता ग्राहक ३५७ वटा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?