बडिमालिका दर्शन गर्न गएकी एक महिलाको हेलिकप्टरबाट उद्धार

बडिमालिका दर्शन गर्न गएकी एक महिलाको हेलिकप्टरबाट उद्धार
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जनाको उद्धार गरिएको छ।

अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

यही भदौ २ गते अर्थात आइतबार बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारको लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार खड्का बडिमालिका जाने क्रममा शुक्रबार राति त्रिवेणी पाटनमा बिरामी भएकी थिइन्। उनको उद्धारपछि सुर्खेतमा उपचार भइरहेको र अक्सिजन अभावले खड्काको अवस्था गम्भीर रहेको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?