
ललितपुर- पाटनको बंगलामुखी मन्दिर नजिकको एक घरमा भएको आगलागी निभाउनका लागि यतिबेला सुरक्षाकर्मी टोली परिचालित छ।
आज बिहान करिब ८:३० बजे मन्दिर नजिकको घरमा आगलागी भएपछि उक्त आगो निभाउनका लागि चार वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीसहित स्थानीय सक्रिय रुपमा लागेका छन्।
ललितपुर महानगरपालिका- १६ स्थित बंगलामुखी मन्दिर नजिकै घर भएका स्थानीय अजिरमान महर्जनको काठको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता नरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार टिभीकोठाबाट सुरु भएका कारण विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रवक्त सुवेदीले जानकारी दिएका छन्।
तीन तला रहेको उक्त घरमा आगलागी हुँदा घरमा भएका अधिकांश सामान जलेर नष्ट भएका छन्।
थप तस्बिरहरू: