छिन्नमस्ता मन्दिरसम्म जाने सडकको कामलाई तीव्र बनाउन पहल

छिन्नमस्ता मन्दिरसम्म जाने सडकको कामलाई तीव्र बनाउन पहल
+
-

काठमाडौँ-सडकखण्डको अधुरो काम तीव्रगतिमा गराउन दबाब दिने उद्देश्यले सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडकमै स्थानीयवासीसँग संवाद गरेका छन्। छिन्नमस्ता– ६ कौचाबखारीस्थित सडकको बिचमै बसेर अध्यक्ष चौधरीले स्थानीय अगुवा तथा नागरिकसँग संवाद गरेका हुन्।
उक्त कार्यक्रममा सरकारका पूर्वमन्त्री उमेश यादवसमेत सहभागी थिए।

संवादबाट सडकदेखि सिंहदरबारसम्म जनप्रतिनिधिहरूले आन्दोलनको गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ। यसअघि अध्यक्ष चौधरीलगायतको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सडक निर्माणमा भइरहेको ढिलासुस्ती तथा लापरबाहीबारे ध्यानाकर्षण गराउँदै आवश्यक निर्देशन दिन आग्रह गरेको थियो।

उनीहरूले सडक विभागका डिजी रामहरि पोखरेललाई समेत ध्यानाकर्षण गराएका थिए। केही समयअघि छिन्नमस्ता गाउँपालिकाको कार्यालयमै सडक विभागका कर्मचारीहरूसँग छलफल भएको थियो।

उक्त छलफलमा पाँच दिनभित्र काम पूरा गर्ने सहमति भए पनि त्यसअनुसार काम नभएपछि अध्यक्ष चौधरीसहित गाउँपालिकाका जनप्रतिनिधिहरू सडक डिभिजन कार्यालय लहान पुगेर धर्नामा समेत बसेका थिए। टेन्डर भएको २ वर्ष भइसक्दासमेत काम नभएपछि जनप्रतिनिधिले दबाब बढाउँदै आएका छन्।

पालिका अध्यक्ष चौधरीले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक झापा (झापादेखि कमलासम्म)का प्रमुख विनोद मौवारसँगसमेत छलफल गरेका थिए।
रूपनीदेखि राजविराज भई छिन्नमस्ता हुँदै नेउर बोर्डरसम्मको टेन्डर भएको यस सडकको काम सुस्त गतिमा चलिरहेको छ।

सडकमा खाल्डाखुल्डीले गर्दा आवतजावतमा कठिनाइ हुन्छ। यो सडक सप्तरीको सदरमुकाम राजविराजलाई जिल्लाको प्रसिद्ध शक्तिपीठसँग जोड्ने मार्गसमेत हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?