मर्स्याङ्दी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या २३ पुग्यो

मर्स्याङ्दी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या २३ पुग्यो
+
-

पोखरा – मर्स्याङ्दीमा बस खसेर भएको दुर्घटनामा परेका २३ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।

भारतीय पर्यटक बोकेको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो।

दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका २३ जनालाई चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी दीपक केसीले जानकारी दिए। उनका अनुसार २२ जनालाई आँबुखैरेनी अस्पतालले मृत घोषणा गरेको हो। उद्धार गरेर चितवनको पुरानो मेडिकल कलेजमा लगिएका एक जनाको पनि मृत्यु भएको उनले बताए।

उनले भने, ‘चिकित्सकले चेकजाँच गर्दैछन्। मृतकको संख्या अझै बढ्न सक्छ।’

यस्तै, १६ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरेर काठमाडौँ लगिएको हो।

पोखराबाट काठमाडौँतर्फ गइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट नदीमा खसेको थियो। बसमा चालक र सहचालकसहित ४३ जना सवार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपककुमार रायले बताए। बाँकी दुई जनाको खोजी जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?