
काठमाडौं-भ्रष्टाचारजन्य कसुरको हदम्यादको विरोधमा प्रर्दशन तथा मार्चपास भएकाे छ। शनिबार दिउँसाे माइतीघर मन्डलामा बृहत् नागरिक आन्दोलनले विरोध र मार्चापास गरेको हो।
भ्रष्टाचारजन्य कसुरको हदम्याद ५ वर्षभित्र सीमित गर्ने तथा संघीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोध गरेका हुन्। आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका हुन्।
बृहत् नागरिक आन्दोलनका एक अगुवा सौरभ कार्कीले वर्तमान सरकार र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण दिएको भन्दै आन्दोलनमा उत्रिनुपरेको देश सञ्चारसँग बताए।
उनले भने, ‘केपी ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको छ, कोभिडको समयमा भएको स्वास्थ्यसम्बन्धी भ्रष्टाचार होस् वा गिरीबन्धु टी स्टेटको होस् वा मुलुकमा भएका अन्य भ्रष्टाचारलाई सरकारले जोगाइरहेको छ। भ्रष्टाचारविरुद्ध नागरिक आवाज बुलन्द हुनु जरुरी छ।’
तस्बिरहरू: