काठमाडाैँ – साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा आइतबार नेपाल र भुटान भिड्दै छन्। समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको भुटानबिच आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
त्यस्तै सोमबार बंगलादेश र भारतबिच दोस्रो सेमिफाइनल खेल सातदोबाटोमा हुने कार्यतालिका रहेको छ। जारी प्रतियोगितामा नेपाल उपाधि जित्ने लक्ष्यमा रहदा उम्दा चुनौती प्रस्तुत गर्न सकिरहेको छैन्। पहिलो खेलमा अनपेक्षित रुपमा श्रीलंकासँग १–० को जित निकालेको नेपालले बंगलादेश विरुद्ध भने आफ्नो लय केही समात्न सफल भयो। यद्यपि २–१ को जितमा बंगलादेशका केही गल्तीमा नेपालले अवसर बनाएपनि लगातारको कमजोर फिनिसिङ नेपालका लागि चुनौतीपूर्ण मानिएको छ।

भुटानको समूहचरणको प्रदर्शनलाई आधार मान्दा नेपाल यो पटक त्यति सहज छैन्। खस्कँदो नेपाली फुटबल र ग्रासरुट फुटबल, लिग र अन्तर्राष्ट्रिय रुपमानै परिष्कृत बन्दै गएको भुटान अब नेपालका लागि प्रतिस्पर्धात्मक प्रतिस्पर्धीका रुपमा रहनेछ। त्यसैले भुटान विरुद्धको सेमिफाइनल नेपालको खराब इतिहासको अर्को इटा बन्ने जोखिम एकातिर रहँदा उसलाई हराएर युवा फुटबलरले नेपाली फुटबलमा सकरात्मक सन्देश प्रवाह गर्नु पर्ने चुनौती पनि उतिकै छ।

यद्यपि घरेलु मैदानमा भुटानको प्रतिद्वन्दी विरुद्ध नेपाल यो पटक दबाबमा पक्कै हुने छ। कीनकी भुटानको युवा टोलीका जापानी प्रशिक्षक हिदेहारु ताकाहासी यो पटक गत संस्करणभन्दा माथि पुग्ने लक्ष्यमा रहेका छन्। उनी भन्छन् ुपहिलो लक्ष्य सेमिफाइनल पुग्नु नै हो । सन् २०२३ मा पनि हामी सेमिफाइलन पुगेका थियौं । यो पटक हामी त्यो भन्दा माथिल्लो स्तरमा पुग्दै इतिहास रच्न चाहन्छौं। ‘
त्यसोत ताकाहासीको विश्वास अनुरुप भुटानले समूहचरणमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइन प्रवेश गर्योा। साविक च्याम्पियन भातर विरुद्ध १–० को साँघुरो हार भोगेको भुटानले माल्दिभ्सलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ नेपाली खेलाडीमा क्षमता भएपनि क्षमता अनुसारको प्रदर्शन हुन नसकेको मान्छन्। उनी बंगलादेशलाई २–१ ले हराउँदा नतिजामा खुसी देखिएपनि प्रदर्शनमा अपेक्षित सन्तुष्ट सुनिएका थिएनन्। उनी भन्छन् ‘अझैपनि हाम्रो समन्वय मिल्न सकेको छैन्, त्यसले सेमिफाइनलमा टिमको अवस्थालाई सुधार गर्दै उपाधि तर्फ लम्किन चाहन्छौं।’
उपाधिको लक्ष्य राखेको टोलीले जुनसुकै टोलीलाई हराउनु पर्ने क्षमता राख्नु पर्छ। यस्तोमा नेपालले आइतबार भुटानसँग खेल्दै गर्दा फाइनल पुगेर घरेलु दर्शक र समर्थकमाझ अर्को एक लडाँइका लागि बलियो रहेको सन्देश दिन सक्नुपर्ने छ। भुटान पनि एकपटक जुनियर स्तरमा नेपाललाई हराएर सनसनिको श्रृंखला कायम राख्ने ध्याउनमा मैदानमा उत्रिनेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































