मर्स्याङ्दी दुर्घटनामा ज्यान गुमाएकाहरुको शव भारत लगियो

मर्स्याङ्दी दुर्घटनामा ज्यान गुमाएकाहरुको शव भारत लगियो
+
-

पोखरा – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका भारतीयको शव विमानमार्फत लगिएको छ।

२७ जना मृतकको पोस्टमार्टम सकेर शनिबार भारतीय सेनाको एयरफोर्स विमानमार्फत शव भारत लगिएको हो।

२५ जनको शव विमानमार्फत र दुई जनाको गोरखपुर हुँदै सडकमार्गबाट शव भारत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषबहादुर रिजालले बताए। शव लिनका लागि भारतीय सेनाको एयरफोर्स विमान भरतपुर विमानस्थल आएको थियो।

भरतपुर विमानस्थलमा भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेसमेत पुगेकी थिइन्। उनी त्यसअघि काठमाडौँ विमानस्थलमा ओर्लिएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते १६ जनाको अवस्था बुझ्न पुगेकी थिइन्।

गृहमन्त्री रमेश लेखकसँगसमेत दुर्घटनाबारे जानकारी लिएकी उनी विमानमा भरतपुर विमानस्थल पुगिन्। शव लिन आएको भारतीय सेनाको एयरफोर्स विमानमै मन्त्री खडसे स्वदेश फर्किएकी छन्।

शुक्रबार पोखराबाट काठमाडौँ पशुपतिनाथ दर्शनका लागि भारतीय पर्यटक बोकेर जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको हो। एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र बाँकी २६ जनाको आँबुखैरेनी अस्पताल तनहुँमा मृत्यु भएको थियो।

घाइते १६ जनाको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ। उनको आइसियुमा उपचार भइरहेको छ। वेपत्ता एक जनाको खोजी जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?