काठमाडौँ – आज श्रीकृष्णको जन्मदिन अर्थात् श्रीकृष्ण जन्माष्टमी। देशभर विभिन्न कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ। देशका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा पुगेर भक्तजनहरुले पूजा आराधना गरेका छन्।

यस अवसरमा भक्तपुरमा ‘आरती यात्रा’ निकालिएको छ। आरती बालेर भक्तपुर नगरको परिक्रमा गरिएको हो। भक्तपुरमा कृष्ण जन्माष्टमी तथा गाईजात्राको अन्तिम दिन वाकुपती नारायण आरतीमा सहभागी हुने प्रचलन छ।

सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरु भई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन रहेको छ

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































