चिट्ठा प्रणालीबाट छानिए इजरायल जाने २२ सय नेपाली

चिट्ठा प्रणालीबाट छानिए इजरायल जाने २२ सय नेपाली
+
-

इजरायल सरकारले रोजगारका लागि त्यहाँ जान २२ सय नेपालीको सूची तय गरेको छ। इजरायल सरकारले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो।

इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६ महिला र १००६ पुरुष कामदार छनौट गरिएका हुन्। इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभागमा आयोजित कार्यक्रममा चिट्ठा प्रणालीबाट २२ सय कामदारको सूची तय गरिएको नेपालस्थित इजरायली दूतावासले जानकारी दिएको छ।

गत अक्टोबर ७ मा हमासले सुरु गरेको आक्रमणपछि इजरायल र प्यालेस्टाइनहरुबीचको द्वन्द्व अझै जारी छ। हमास आक्रमणपछि नेपाल सरकारले इजरायलबाट नेपाली कामदार फिर्ता पनि ल्याएको थियो भने ठूलो संख्यामा नेपाली कामदार अझै इजरायलका विभिन्न सहरमा काम गरिरहेका छन्।

काठमाडौँस्थित इजरायली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसमेतको उपस्थितिमा जेरुसेलममा आयोजित कार्यक्रमको लाइभ टेलिकास्ट गरिएको थियो।

इजरायलको जनसंख्या तथा अध्यागमन विभागले उक्त सूची नेपालको वैदेशिक रोजगार विभागमा पठाउने पनि काठमाडौँस्थित इजरायली दूतावासले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?