मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र
+
-

काठमाडौँ  – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।

‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल ९इमान०ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा उनले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गरे।

“बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ। अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्”, डेपुटी गभर्नर मिश्रले भए।  पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको उनको भनाइ थियो।

डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताए। उनले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राखे।

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष उपेन्द्र पौडेलले अटोमोबाइल व्यवसायलाई उत्पादनशील बनाइनुपर्नेमा जोड दिए। स्वदेशी ऊर्जाको खपत र पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिनुपर्ने उनको भनाइ थियो।

नेपाल अटोमोबाइल्स एशोेसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि उपभोक्ताको मागअनुसार चार्जिङ सेन्टर पनि विस्तार गर्दै लगिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?