गण्डकीमा वन र सामाजिक विकास मन्त्रालय फुटाइयो

गण्डकीमा वन र सामाजिक विकास मन्त्रालय फुटाइयो
+
-

पोखरा – गण्डकी प्रदेशमा दुई मन्त्रालय फुटाएर नौ मन्त्रालय बनाइएको छ। वन, वातावरण, पर्यटन तथा उद्योग र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्राउने आइतबार बसको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा भएको समझदारीअनुरुप नौ मन्त्रालय बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।

‘मन्त्रालय सात वटा रहे पनि हाम्रो संगठन संरचना नौ वटा नै थियो। कि वन वातावरण तथा उद्योग पर्यटन मन्त्रालय एउटा भए पनि उद्योग पर्यटनको संरचना छुट्टै। र वन वातावरणको संरचना छुट्टै दुई वटा मन्त्रालय जस्तो थियो। कार्यालय दुईटा थिए। सचिवहरु दुईटा थिए। सबै संरचनाहरु दुईटा थियो। तर मन्त्री एउटा हुनुहुन्थ्यो’, मुख्यमन्त्री पाण्डेले भने, ‘सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय एउटै भएता पनि दुई वटा संगठन संरचनाहरु थिए। यसलाई अलग अलग गरेर नौ वटा मन्त्रालय गण्डकीमा कायम गर्ने भनेर निर्णय गरेका छौँ।’

मन्त्रालयको संख्या बढाए पनि ठूलो आर्थिक भार व्यहोर्न नपर्ने उनको जिकिर छ। भन्छन्, ‘मन्त्रीको हकको कुरा हो भने मन्त्री सांसद नै हुन्। सांसद र मन्त्रीको बीचमा जुन तलबको फरक छ, त्यो व्यय चाहिँ बढ्छ। त्यो स्वकीय सचिव भन्ने एक जना बढ्छ। एक जना कार्यालय सहयोगी बढ्छ। यसको हिसाब निकाल्नुस् कति बढ्यो बढेन।’

नेपाली कांग्रेसलाई ५ र नेकपा एमालेलाई ४ मन्त्रालय भागबन्डा गरिएको छ। नेपाली कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा सहभागी छन्।

यस्तै, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सरकारमा सहभागी छन्। एमालेले फणिन्द्र र मनाङेलाई हटाउन दबाब दिइरहेको थियो। मुख्यमन्त्री पाण्डेले कांग्रेसकै कोटाबाट यी दुईलाई सरकारमा यथावत् राख्ने भएका छन्।

गण्डकीमा पटक–पटक मन्त्रालय थपघट भइरहेकाले औचित्य र आवश्यकताको आधारमा मन्त्रालयको संख्या नौ वटा पुर्‍याएको मुख्यमन्त्री पाण्डेको भनाइ छ। मन्त्रालय थप्दा संगठन संरचनामा केही फरक नआउने केबल दुई जना मन्त्री मात्रै थपिने उनको दाबी छ। संगठन संरचनामा फेरबदल नहुने उनले उल्लेख गरे।

मुख्यमन्त्री पाण्डेका अनुसार अबको एक दुई दिनभित्र एमालेलाई सरकारमा सामेल गराउने बताए। एमालेले कुन कुन मन्त्रालय पाउनेबारे टुंगो नलागेको मुख्यमन्त्री पाण्डेले जानकारी गराए। ‘चार र पाँच मन्त्रालय हाम्रो बीचमा सहमति भइसक्यो। अब कुन–कुन मन्त्रालय पाउने अन्तिम चरणमा छलफल बाँकी छ।’

मन्त्रालय वृद्धिको विषयमा कसरी सञ्चारमाध्यमले सम्प्रेषण गर्छन् त्यसैको आधारमा जनताले धारण बनाउने मुख्यन्त्री पाण्डेले टिप्पणी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?