ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा (तस्बिरहरू)

ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा (तस्बिरहरू)
+
-

काठमाडौं- ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइएको छ। नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नगर परिक्रमा गराइएकाे हाे।

गोवर्धनलाई र्‍यालीसहित एयरपोर्टबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रांगणमा पुर्‍याइएको छ। राखेपमा उनलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ पलेशालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। दुवैजना नगर परिक्रममा पनि उपस्थित थिए।

पलेशाकाे सम्मानमा बाजागाजासहितको राखेपको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियाे।

राखेपमा बोल्दै प्रशिक्षक कविराज लामाले जित्ने नै भनेर प्रतियाेगितामा सहभागी भएको बताए। त्यस्तै, पलेशाले आफू धेरै खुसी भएको बताइन्।

‘म धेरै खुसी छु। सबैले दिएको मायाले छोटो समयमा ट्रेनिङ गरेको १ महिनामै मेडल ल्याएँ। कोसिस गर्‍याे भने हामी सफल हुन सक्छौं। त्यसैले कोसिस गरिरहनु पर्दछ,’ उनले भनिन्।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनी सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिकमा तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदै आएको थियो।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?