
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा भाग लिने ६ टिमको लिलामी भएको छ। क्यानले यसअघि एनपिएलमा ६ टिमहरुको नाममा फ्रेन्चाइज लिगको घोषणा गरेको थियो। जसको आज लिलामी गरेको हो।
लिलामिमा पोखरा फ्रेन्चाइज टोली सर्वाधिक ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैंयामा नेपाल टी-२० प्रा.लिले खरीद गरेको हो। त्यस्तै दोस्रो सर्वाधिक मुल्य काठमाडौंले पाएको छ। काठमाडौं फ्रेन्चाईजलाई ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा कान्तिपुर पब्लिकेसन प्रा.लिले बिडिङ गरेको छ।
त्यस्तै एनपिएलको अर्को टोली चितवनको टिमको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँ मा लिन सफल भयो। त्यस्तै विराटनगरको स्वामित्व एम ए डी ड्रिम स्पोर्टसले पाएको छ। उसले विराटनगरलाई १ करोड ५१ हजार रुपैयाँमा खरिद गर्न सफल भयो। लुम्बिनीलाई फर्चुन हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैंयामा खरिद गर्दा जनकपुरलाई ड्रिम स्पोर्टसले २ करोड ५ लाखमा खरिद गर्यो।
त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले पाएको छ। उसले कर्णालीको स्वामित्व १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णालीको स्वामित्व खरिद गरेको हो। त्यस्तै सुदुरपश्चिमलाई इम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा आफ्नो स्वामित्वमा लिन सफल भयो। एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुँदै छ।