बालमन्दिर मावि ३७ औं वर्षमा (फोटो फिचर)

बालमन्दिर मावि ३७ औं वर्षमा (फोटो फिचर)
+
-

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालय भदौ २० गतेबाट ३७ औं वर्षमा प्रवेश गरेको छ। विद्यालयले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रम आयोजना गरी मनाएको हो।

विद्यालय ३६ वर्ष पूरा गरेर ३७ औं वर्षमा प्रवेश गरेको सो विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव भण्डारीको अध्यक्षतामा वाषर््िाकोत्सव कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोकायाले शैक्षिक सत्र ०८०मा विद्यालयको आयव्ययसमेत प्रस्तुत गरेका थिए। जसमा विद्यालयको कुल आम्दानी एक करोड ४७ लाख ४२ हजार ४४८ रुपियाँमा ए करोड करोड ३८ लाख छ हजार ९८९ रुपियाँ खर्च भएको प्रतिवेदन पेश गर्दै बाँकी बजेट विद्यालयको खातामा रहेको उल्लेख गरिएको छ। प्रअ रोकायाले विद्यालयले भोगेका चुनौती, समस्याका वारेमा पनि जानकारी गरेका थिए।

त्यसैगरि विद्यालयले तयार पारेको सामाजिक परिक्षणको प्रतिवेदन पनि कार्यक्रम सुनाइएको थियो। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, उपाध्यक्ष शुशिला रोकाया भाम, निमित्त प्रशासकीय अधिकृत उजिर रोकाया, वडा अध्यक्ष देवजन बोहरा, चीन रावत, नन्द रावत, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, नेपाले उपाध्यक्ष प्रकाशबहादुर शाही, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, सामाजिक बिकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतलगायतको उपस्थिति थियो।

कार्यक्रममा अभिभावकबिच तातो खालु खेल खेलाइएको थियो भने विद्यालयको सदनस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो। विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?