ऋषिपञ्चमीको अवसरमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरसहित)

ऋषिपञ्चमीको अवसरमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरसहित)
+
-

काठमाडौं- ऋषिपञ्चमीको अवसरमा राजधानी काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन्।

नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुणन्धतिसहित सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नि, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ। माकुरीसहित सप्तर्षिको पूजा गर्नाले मनोकांक्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ।

काठमाडौं महानगरपालिका- १२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो। महिला भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन्।

महानगरपालिका- १२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ।

महानगरपालिका- १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिए।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य संख्या सहभागिता छ। रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छ्न्। प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ।

मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ। मन्दिर परिसरमा भक्तजनले आ-आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन्।
थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?