
काठमाडौं- पशुपतिनाथ क्षेत्र विकास कोष परिसरको गुह्येश्वरी क्षेत्रमा आइतबार आफ्ना बच्चालाई मातृत्व पोख्दै बाँदर आमाहरु।
कुनै बाँदर आमालाई आफ्ना बच्चालाई दूध खुवाउँदै थिए भने कोही खानेकुरा। उनीहरू बेलाबेला कसैले आफ्ना बच्चालाई केही गर्ला कि भन्ने खतरा महसुस हुनेबित्तिकै पिठ्युँमा बोकेर अर्को ठाउँमा जान्थे।
पशुपतिको गृह्येश्वरी तथा मृगस्थली क्षेत्रमा बाँदरका रमाइला गतिविधि नौलो होइन। खासगरी बिहान र बेलुका समयमा बाँदरहरु पशुपति क्षेत्रमा बिठ्याइँमात्र गर्दैनन्, मान्छेका झैँ गतिविधि गरेर पर्यटकहरुलाई रमाइलो पनि गराउँछन्।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु: