आफ्ना मान्छे भर्ती गर्न संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन कांग्रेस-एमाले लागिपरे: लिङ्देन

आफ्ना मान्छे भर्ती गर्न संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन कांग्रेस-एमाले लागिपरे: लिङ्देन
+
-

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागिपरेको बताएका छन्।

मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्न संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरणको प्रस्ताव ल्याई हटाउने तयारी भइरहेको बताए। उनले भने, ‘उपसभामुखलाई महाअभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु। काँग्रेस र एमाले त्यही मामिलामा लागेका छन्। संवैधानिक परिषदमा आफ्ना भाग पुर्‍याउन उनीहरूले यो काम गर्न लागेका हुन्।’

कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा रहेको उनले बताए । राप्रपा बहुदलीय ब्यवस्थाको पक्षपाती भएको उनले बताए।

उनले भने, ‘हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दल आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आए । अब हाम्रो जिम्मेवारी बढेको छ ।’

उनले एनसेल राजनीतिक दलका नेताहरुको दुहुनो गाई भएको पनि बताए। सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको उनको भनाइ थियो।

उनले भने, ‘हामीलाई एक दिन कर नतिर्दा फाइन लाग्छ। जहाँ खान पाइन्छ, त्यो ठाउँ खोजेर हिडेका छन् ।’

उनले एमालेले कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न पाउने सुविधा दिएको बताए । ‘रकमको चलखेल नभइ यो काम भयो होला त ?’ उनको प्रश्न थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?