मधेसमा किन बढ्दै छ आत्महत्या?

मधेसमा किन बढ्दै छ आत्महत्या?
+
-

जनकपुरधाम- विभिन्न कार्यक्रमको आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । नेपालको विभिन्न स्थानमा समेत आत्महत्या रोकथाम दिवस मनाइरहँदा मधेस प्रदेशमा आत्महत्याको घटनामा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ।

मानसिक स्वास्थ्य समस्या, पारिवारिक र सम्बन्धमा समस्या, मादक पदार्थ र लागूऔषध दुर्व्यसन, सामाजिक सञ्जाल र साथीहरुको दबाब, व्यवहारमा आउने परिवर्तन, बेरोजगारीलगायतको कारण आत्महत्याको घटनामा वृद्धि भएको हो ।

रौतहटका ४५ वर्षीय रमेश (नाम परिवर्तन) ले माछापालनका लागि लिएको अव्यवस्थित ऋणको कारण चर्को दबाब सहन नसकेपछि आत्महत्याको प्रयास गरे । ‘मैले अरु व्यक्तिहरुसँग कर्जा लिएको छु । बैँक लोन लिएर कारोबार गरेको हो अनि सबै मान्छेहरु हैन मलाई पैसा चाहिन्छ भनेर यस्तो उस्तो भन्यो अनि धेरै गाह्रो भएपछि आत्महत्याको प्रयास गरेँ’, रमेशले भने । माछा पालन गर्दै आएका रमेश ऋणको तनाव सहन नसकेपछि आत्महत्याको प्रयास गरेका थिए ।

मानसिक तनाव झेल्न नसकेपछि उनले आत्महत्यालाई विकल्प रोजेका थिए । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । मधेस प्रदेशमा आत्महत्याको घटनामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८१।८२ को साउनदेखि भदौ २४ गतेसम्ममा १६० जनाले आत्महत्या गरेका छन् । यसमा ४१ जना बालबालिका रहेका छन् भने ४९ जना पुरुष र ७० जना महिला रहेकी छन् ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ ले समेत पछिल्लो समय आत्महत्याको घटनामा वृद्धि भएको उल्लेख गरेको छ । प्रतिवेदनको अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा प्रत्येक वर्ष कुल जनसंख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । यसमा कोशी प्रदेशपछि लुम्बिनी प्रदेश र बागमती प्रदेशपछि मधेस प्रदेशका व्यक्तिहरु रहेका छन् ।

गत आव २०८०/८१ मा १ हजार २९० जनाले आत्महत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत आवमा १ हजार २९० जनाले आत्महत्या गरेकोमा २ सय ७० जना बालबालिका रहेका छन् । यस्तै, ५४० जना पुरुष र ४८० जना महिलाले आत्महत्या गरेका छन् । यसअघि आव २०७९।८० मा १ हजार १३६ जनाले आत्महत्या गरेका थिए । जसमा २ सय ५० जना बालबालिका, ४६४ जना पुरुष र ४१२ जना महिला थिए। आव २०७८/७९ मा १ हजार १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । मधेस प्रदेश प्रहरीको तथ्यांक अनुसार यो आवमा २ सय ९२ जना बालबालिका,४४८ जना पुरुष र २७८ जना महिलाले आत्महत्या गरेका थिए ।

आव २०७७।७८ मा भने २ सय ३४ जना बालबालिका, ३८३ जना पुरुष र ३४२ जना महिला गरी ९ सय ५९ जनाले आत्महत्या गरेका थिए । आव २०७६।७७ मा १ सय ७३ जना बालबालिका, ३४५ जना पुरुष र २९५ जना महिला गरी ८१३ जनाले आत्महत्या गरेका थिए । आव २०७५।७६ मा भने १ सय ६९ जना बालबालिका, २९४ जना पुरुष र २६१ ज्ना महिला गरी ७२३ जनाले आत्महत्या गरेका थिए ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार आव २०७५/७६ देखि २०८०/८१ सम्ममा ५ हजार ९३९ जनाले प्रदेशभरीमा आत्महत्या गरेका छन् । प्रहरीका तथ्यांक अनुसार आत्महत्या गर्नेमा बालबालिका र युवायुवती बढी रहेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बालबालिकाको आत्महत्याको पछाडि कुनै ठूलो र ठोस कारण नदेखिएको बताए । उनले सामान्य कुरामा समेत उनीहरु आत्महत्या जस्तो घटना घटाउने गरेको बताए । उनले टिभी, मोबाईल लगायतको प्रभाव र लतका कारण बालबालिका आत्महत्या गर्ने गरेको पाइएको बताए ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ ले आव २०७८।७९ र २०७९।८० को तथ्यांक अनुसार आत्महत्या गर्नेमा १८ वर्षदेखि २५ वर्षसम्मका समूहका २१ प्रतिशत र १५ प्रतिशत बालबालिका रहेका छन् । शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने ६३.१ प्रतिशत र पेशाको आधारमा ४६ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।

मनोचिकित्सकहरु भने मानसिक स्वास्थ्य कसैको प्राथमिकतामा नपर्ने गरेकाले आत्महत्याको घटनामा वृद्धि भएको बताउँछन् । मेन्टल हेल्थको बारेमा धेरैलाई जानकारी नै नरहेको र मानसिक समस्या भएको थाहा भएतापनि कहाँ जाने कसरी उपचार गराउने त्यो पनि थाहा नरहेको उनीहरु तर्क गर्छन् ।

अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा उनीहरुले मानसिक समस्याका सम्बन्धमा रहेको न्यून सचेतना तथा गलत बुझाईले मानसिक स्वास्थ्य समस्या निम्त्याउने र आत्महत्याका घटनाहरु बढाउन प्रमुख कारक रहेको धारणा राखेका थिए । प्रादेशिक अस्पताल जनकपुर धनुषामा कार्यरत्त मनोचिकित्सकले मानसिक रोगका विरामीहरु र मनोचिकित्सकबीचको अन्तर ज्यादै रहेको र धेरै गाउँ समाजका मानिसहरुमा मानसिक स्वास्थ्य समस्याहरुलाई उपचार गरी निको भईन्छ भन्ने जानकारी समेत नरहेको बताएका थिए ।

प्रादेशिक अस्पताल गौरका मेडिकल अफिसरले भने मानसिक स्वास्थ्य सम्बन्धी सचेत नहुनु, विद्यालयमा समेत गुणस्तरीय शिक्षाको अभावका कारण मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिन नसक्नु, बेरोजगारी, अशिक्षाले गर्दा समस्याको समाधानभन्दा समस्यामा नै रुमलिने र आत्महत्यालाई अन्तिम विकल्पका रुपमा छान्ने प्रवृति देखिएको बताएका थिए ।

जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले तीनवटै तहको सरकारको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको टिप्पणी गरे । उनले मानसिक स्वास्थ्य स्थानीय तहको सबैभन्दा बढी प्राथमिकतामा हुनुपर्नेमा त्यस्तो अहिलेपनि नरहेको बताए । अध्यक्ष साहले आत्महत्याको घटना न्यूनीकरणका लागि पाठ्यपुस्तकमा यो विषयलाई समावेश गर्नुपर्ने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?