ट्रम्पका समर्थकले भने ‘डिबेट’ मा पनि धाँधली भयो!

ट्रम्पका समर्थकले भने ‘डिबेट’ मा पनि धाँधली भयो!
+
-

राष्ट्रपतिको दौडमा रहेका दुई प्रत्यासी डोनाल्ड ट्रम्प र कमला ह्यारिसबिच नेपाली समय अनुसार आज विहान करीब ९० मिनेट ‘डिबेट’ भयो। पहिलो पटक बाइडेनसँगको डिबेटमा अघि देखिएका ट्रम्प दोस्रो पटकको डिबेटमा भने कमला ह्यारिससँग कमजोर सावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामका सर्वेक्षणहरुले देखाएका छन्।

यस्तोमा डोनाल्ड ट्रम्पको डिबेट प्रदर्शनलाई व्यापक रूपमा खराब मानिन्दै गर्दा उनका समर्थकहरुले भने ‘नियोजित धाँधली’ को संज्ञा दिएका छन्। ट्रम्पका समर्थकहरुले कार्यक्रमलाइ षड्यन्त्रका रुपमा ब्याख्या गरेका छन्। यो सँगै समर्थकका अनौठा हर्कतहरु देखिन थालेका छन्।

डिबेट समाप्त भएको केही समय पछिनै एक्स (पूर्व ट्विटर) मा  ट्रम्प समर्थक एक पेजले अनौठो दाबी गरेर पोस्ट गर्‍यो। जसमा ह्यारिसको कानको मुन्द्राहरूमा ध्यान केन्द्रित गर्दै एक नयाँ षड्यन्त्र त्यो मुन्द्राबाट भएको दाबी ट्रम्प समर्थकको छ। अर्थात ट्रम्प समर्थनमा रहेको एक्स खाताका अनुसार ‘कमला ह्यारिसले डिबेटको समयमा आफ्नो मुन्द्रामा राखिएको कानमा रहेको इयरफोनमार्फत निर्देशनहरु पाएकी थिइन। र सोही अनुसार आफूलाई प्रस्तुत गरिन्।

यो दाबीको आधार केबल यति थियो कि ह्यारिसले लगाएका मुन्द्राहरु अघिल्लो वर्ष किकस्टार्टरमा विक्रीमा राखिएका ‘अडियो मुन्द्रा’ को समानता देखिन्थ्यो। कतिपयले भने प्रश्नहरु र जवाफबारेमा समेत कमललाई चिठ चोराइएको दाबी गरिएको छ। पछिल्लो समय ट्रम्प समर्थकहरुले यहि कुराहरुलाई सामाजिक सञ्जालमा तिब्र रुपमा फैलाइरहेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?