
काठमाडाैँ- ट्याक्सीचालकहरुले आन्दोलन गरेका छन्।
ट्याक्सीचालकहरूले व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायतका माग गर्दै शुक्रबार आन्दोलन गरेका हुन्।
उनीहरूले जडीबुटीमा बिचसडकमै ट्याक्सी राखेर सडक अवरोध गर्दा केही समय सडक बन्द भएको थियाे।अहिले भने प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको छ।
सबै तस्बिरहरु: वर्षा शाह/देश सञ्चार