
सिमकोट – पाँच महिनादेखि पारिश्रमिक नपाए पनि चिकित्सकले सेवा प्रदान गरिरहेका छन्। स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले पारिश्रमिक नपाउँदा पनि काम गरिरहेको पाइएको हो।
अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले वैशाखदेखि पारिश्रमिकबिनै काम गरिरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।
संघीय सरकारबाट आउनुपर्ने चिकित्सकको पारिश्रमिकको रकम नआएपछि चिकित्सकलाई हालसम्म पारिश्रमिक नपाएको उनले बताए।
उनले संघबाट नआएपछि अब प्रदेश सरकारसँग सो पारिश्रमिक माग गरे पनि बजेट भने निकासा नभएको उनले बताए।
पारिश्रमिकका लागि पत्राचार भइसकेका कारण अब चाँडै प्रदेश सरकारबाट बजेट निकासा आउने उनले जानकारी दिए।