बाल दिवसमा नृत्य र बक्तृत्वकला प्रतियोगिता आयोजना ( फोटो फिचर)

बाल दिवसमा नृत्य र बक्तृत्वकला प्रतियोगिता आयोजना ( फोटो फिचर)
+
-

सिमकोट – साठीऔं बाल दिवसको अवसरमा विद्यालयस्तरीय नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। सिमकोट गाउँपालिकाको आयोजनामा एउटै कार्यक्रममा छुट्टा छुट्टै रुपमा दुवै प्रतियोगिता आयोजना गरिएको हो।

नृत्य प्रतियोगिता गाउँपालिकाभरिका सबै विद्यालयस्तरीय प्रतियोगिता गरिए पनि १६ वटा विद्यालयको सहभागिता थियो।
जसमा सात वटा मावि र बाँकी नौ वटा प्रावि तथा आविहरुको सहभागिता थियो।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले नृत्य प्रतियोगिता आयोजना गरिएको बताइन्। सो प्रतियोगितामा मानसरोवर मावि ४१ अंक प्राप्त गरेर पहिलो भएको थियो भने बालमन्दिर मावि ४० दशमलव ५० अंक प्राप्त गरेर द्वितीय, कालशिल्ता आवि ३९ दशमलव पाँच अंक प्राप्त गरेर तृतीय तथा कैलाश मावि ३८ दशमलव पाँच अंक ल्याएर सान्त्वना भएको थियो।
नृत्य प्रतियोगितामा बिजेता विद्यालयलाई स्टेसनरी पुरस्कार प्रदान गरिएको थियो। यो प्रतियोगितामा सहभागी जना बापत सबै विद्यालयलाई एक हजार पाँच सय रुपैयाँ नगद र स्टेसनरी प्रदान गरिएको थियो।

बाल दिवसकै अवसरमा आयोजना गरिएको माविस्तरीय बक्तृत्वकला प्रतियोगितामा सिमकोट गाउँपालिकाका सात वटा माविको सहभागिता थियो। जसमा ३५ दहमलव ८८ अंक प्राप्त गरेर मानसरोवर माविका छात्र दिनेश शाही र त्यति नै अंक प्राप्त गरेर कर्णाली माविका रुपेश शाही प्रथम भएका थिए।

त्यस्तै, ३५ दशमलव ५५ प्रतिशत अंक ल्याएर सैपाल माविकी छात्रा रश्मी बुढा द्धितीया, बालमन्दिर माविकी कटिना बोहरा तृतीय र रामदेप माविका दानबहादुर भण्डारीले ३३ दशमलव नौ अंक ल्याएर सान्त्वना भएका थिए।

बक्तृत्वकलामा विजेता विद्यार्थीलाई पहिलोबाट क्रमशः तीन हजार दुई हजार एक हजार पाँच सय र एक हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। नगद पुरस्कारका लागि सिमकोट गाउँपालिकाले सहयोग गरेको थियो भने स्टेस्नरीका लागि आधार बिकास नेपालले सहयोग गरेको हो। बाल दिवस मनाउनका लागि गुड नेवर्स इन्टनेसनल नेपाल, आधार विकास नेपाल, एसआइडिसीलगायत संस्थाको सहयोग रहेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?