
काठमाडौं- असोज १ गते पर्ने विश्वकर्मा पूजाका लागि विभिन्न खालका मूर्तिहरू तयार भएका छन्।
ललितपुरको कुपण्डोल गुसिंगालमा वर्षौंदेखि देवी-देवताका मूर्ति बनाउने कलाकारहरूले विश्वकर्माको मूर्ति तयार पारेका हुन्।
विश्वकर्मा पूजाको समय मूर्तिकारका लागि निकै व्यस्त रहने समय पनि हो। यसबेला मूर्तिहरूको अग्रिम बुकिङसमेत हुन गर्दछ।
भोलि हुने पूजाका लागि अर्डरअनुसार आजै सबै ठाउँमा मूर्ति पुर्याउने तयारी भइरहेको मूर्तिकारहरू बताउँछन्।
आकार, प्रकार र रंगअनुसार सामान्यदेखि महंगो मूल्यका मूर्तिहरू यहाँ पाइन्छन्।
थप तस्बिरहरू: