एक वर्षमा १९ हजारभन्दा बढी बिरामीको उपचार

एक वर्षमा १९ हजारभन्दा बढी बिरामीको उपचार
+
-

सिमकोट – सिमकोट गाउँपालिकाका आठ वटा वडाका स्वास्थ्य संस्थाले एक वर्षमा १९ हजारभन्दा बढी बिरामीको उपचार गरेको पाइएको छ। जिल्ला अस्पतालसहित सिमकोट गाउँपालिकामा तेह्र वटा स्वास्थ्य संस्था रहेको र ती संस्थाबाट बिरामीको उपचार गरिएको हो।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट ०८०÷८१ मा १९ हजार ८७९ जना बिरामीको उपचार गर्न सफल भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।

उनका अनुसार कुल बिरामीहरुमा ११ हजार ११७ जना महिला र आठ हजार ७६२ जना पुरुष बिरामीहरुको उपचार गरिएको छ। यो उपचार गरिएको बिबरण चार वटा स्वास्थ्य चौकी, जिल्ला अस्पतालले उपचार गरेको सिमकोट गाउँपालिकाका बिरामी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइको हो। जसमा बरगाउँ स्वास्थ्य चौकीमा एक हजार २७७ जना बिरामीको उपचार गरिएको छ भने डाँडाफया स्वास्थ्य चौकीले एक हजार ९९१ ज्नाको उपचार गरेको छ।

त्यसैगरी ठेहे स्वास्थ्य चौकीले एक हजार ३५६ जना, स्याँडा स्वास्थ्य चौकीले एक हजार ४६३ जनाको उपचार गरेको छ। त्यसैगरी जिल्ला अस्पतालबाट चार हजार ६५९ जनाको उपचार गरिएको छ।

त्यसैगरी आधारभूत स्वास्थ्य सेवा केन्द दोजामले दुई हजार ४१ जना, आधारभुत स्वास्थ्य सेवा केन्द बुराउसेले ७२६ जना र आधारभुत स्वास्थ्य सेवा केन्द माथिल्लो गाउँले एक हजार ३८ जना बिरामीको उपचार गरेको छ।

यता सामुदायिक स्वास्थ्य एकाई हिल्दुमले एक हजार २६२ जना, सामुदायिक स्वास्थ्य एकाई चौगानफयाले एक हजार ४६९ जना, सामुदायिक स्वास्थ्य एकाई खोल्सीले दुई हजार ४१ जना, सामुदायिक स्वास्थ्य एकाई कुम्लिकले ९०३ जना र सामुदायिक स्वास्थ्य एकाई साँताले एक हजार ९९ जनाको उपचार गरेको छ।

स्वास्थ्य संस्थामा उपचार गरिएका बिरामीमा श्वास मार्गको संक्रमण र ग्याष्टिकका रहेका छन् भने बालबालिकामा झाडापखाला र श्वासप्रश्वाससम्बन्धी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?