
काठमाडौँ – नेपालस्थित फ्रान्सेली राजदूतावासले नेपाली पारा ओलम्पियन पलेशा गोवर्धनलाई सम्मान गरेको छ।
फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउन सफल पलेशालाई काठमाडौँस्थित फ्रान्सेली राजदूतावासले सोमबार साँझ एक कार्यक्रम गरी सम्मान गरेको हो।
फ्रान्सेली राजदूतले पलेशाले पाएकाे सम्मान अद्भूत भएकाे भन्दै सम्मान गरेकाे बताएकी थिइन् ।