कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
+
-

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैंछन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश गत साउन ११ गते सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले सत्ताबाट बाहिरिएसंगै भदौ १४ गते सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो । त्यसपछि सत्ता गठबन्धनमा नेपाली काँग्रेस भदौ २८ गते जोडिएपछि सरकारलाई प्रस्ट बहुमतसहित अघि बढ्न मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले गएको ६ महिनामा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत बैशाख २७ गते माओवादीको साथमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश सभाबाट बैशाख ३१ पहिलो पटक विश्वासको मत लिएका थिए । तर, पछिल्लो राजनीतिक समीकरण फेरबदलसंगै माओवादी सरकारबाट बाहिरिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागि दलले विश्वासको मत फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिन लागेका कार्कीले पक्षमा गठबन्धनतर्फबाट एमालेको ४० र काँग्रेसको २९ सदस्यगरि कुल ६९ सांसद रहेका छन्। ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतकालागि ४७ सांसद सदस्यको मत आवश्यक हुन्छ । त्यसैगरि, हाल सरकारको विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?