
काठमाडौँ- संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना हुन लागेको नेशनल डे कन्सर्टकाे तयारी भइरहेकाे छ।
संविधान दिवसको अवसरमा असोज ३ गते बिहीबार नारायणहिटी दरबार अगाडि कन्सर्ट हुँदै छ। कन्सर्ट बिहीबार हुने भए पनि बुधबारदेखिनै सडक अवरुद्ध गरेर कन्सर्टकाे तयारी गरिएकाे हाे।
कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएकाे छ।
कन्सर्ट दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्नेछ। कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरालगायतका व्यान्ड, कलाकारहरूले प्रस्तुति दिने बताइएको छ।
थप तस्बिरहरु: वर्षा शाह/देश सञ्चार