बालमन्दिर माविका प्रधानाध्यापक रोकाया राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत

बालमन्दिर माविका प्रधानाध्यापक रोकाया राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत
+
-

सिमकोट – दुर्गमको विद्यालय बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकाया राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएका छन्। शिक्षा मन्त्रालयले हरेक वर्ष शिक्षा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कारबाट प्रधानाध्यापक रोकाया सम्मानीन भएका हुन्।

शिक्षा मन्त्रालय असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट प्रधानाध्यापक रोकाया पुरस्कृत भएको मन्त्रालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ। तीस वर्षदेखि रोकाया शिक्षा पेशामा आबद्ध रहँदै आएका छन्।

२०५१ साल वैशाल ५ गतेबाट प्रअ रोकायाले शिक्षण पेशा सुरु गरेका थिए। पछि शिक्षा सेवा आयोगले लिएको शिक्षा आयोगको परिक्षामा स्थायी शिक्षकमा उतिर्ण भएपछि २०६० साल वैशाख ५ गतेबाट निम्न माध्यमिक विद्यालयको शिक्षकमा नियुक्र्त भएका थिए। यसविच रोकायाले विभिन्न विद्यालयमा शिक्षण पेशा गर्दै आएका थिए।

रोकाया गणितका शिक्षक हुन्। २०७१ सालबाट हालको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए। हाल पनि प्रअ रोकाया सोही विद्यायको प्रअमा कार्यरत ‘हँदै आएका छन्। विद्यालय मावि भएपनि दरवन्दीमा हालसम्म सो विद्यालयमा शिक्षक छैनन््। राहत र गाउँपाकिला अनुदानबाट मावि विद्यालय सञ्चालन हुँदै आएको छ। २०८० सालको एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यालयमा बालमन्दिर पनि पर्छ। जिल्ला कै धेरै विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा पनि सो विद्यालय पर्छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?