सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
+
-

काठमाडौँ – सरकारले सहकारी रकम हिनामिना सम्बन्धमा छानबिन समितिको प्रतिवेदनका आधारमा संसदले दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले संसदम प्रतिवेदन पेश गरेसँगै प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। सभामुख देवराज घिमिरेले भनेका थिए, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’

निर्देशनअनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले देश सञ्चारलाई जानकारी दिए। मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै सरकारका विभिन्न निकाय विशेष गरी गृहमन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका निकायले छानबिन गर्नेछन्।

छानबिन समितिले सहकारीको रकम अपचलन गर्ने रास्वपा सभापति रवि लामिछाने, कांग्रेस उपसभापति धनराज गुरुङसहित ५५ जनामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको छ।

यसमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, प्रबन्धन निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, त्यस्तै मितेरी सहकारी सस्थाको रकम हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न भनिएको छ।

छानबिन समितिले विभिन्न सहकारीबारी गोरखा मिडिया नेटवर्कमा अवैधानिक रुपमा रकम प्रवाह भएको ठहर गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाहरूबाट कम्पनीमा रकम प्रवाह भएकोमा विवाद रहेन, त्यसरी सहकारी संस्थाहरूबाट निजी कम्पनीमा लगानी गर्न वा रकम प्रवाह गर्न मिल्ने कानूनी व्यवस्था नभएको हुँदा उक्त कानून विपरीतको कार्यलाई रोकी कानूनी प्रबन्धको कडाइका साथ पालना गर्ने/गराउने।’

समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट मात्रै पैसा आएको र त्यो रकम ६५ करोड रुपैयाँभन्दा बढी भएको छानबिन समितिका सभापति थापाले बताएका छन्। प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा लामिछानेले सहकारीबाट अवैध रुपमा आएको २२ करोड ४६ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। समितिले विभिन्न ६ वटा सहकारीबाट गोरखा मिडियामा अवैध रुपमा रकम आएको किटान गरेको छ।

तत्कालीन प्रतिपक्षी कांग्रेसको माग सम्बोधन गर्न संसदले गत जेठ १५ गते छानबिन समिति गठन गरेको थियो। सहमतिलाई सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शीता सम्बन्धमा अध्ययन गरी सुझाव दिन कार्यादेश तोकिएको थियो।

नीतिगत अध्ययन गरेर सुझाव दिनुका साथै समितिलाई समस्याग्रस्त २९ वटा सहकारीमाथि छानबिन गर्ने अधिकार पनि दिइएको थियो। प्रतिवेदन संसदमा पेश भएसँगै लामिछाने र रास्वपाले क्लिन चिट पाएको दाबी गरेका छन्। तर सभापति थापाले पनि अनियमिततामा संलग्नलाई कारबाही गर्न भनिएको जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समितिमै पुगेर प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

यो पनि पढ्नुहोस्

रवि, धनराजसहित ५५ जनामाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

रवि, धनराजसहित ५५ जनामाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

लामिछानेमाथि छानबिन समितिको टिप्पणीः जिम्मेवारीमा बस्नेले ‘थाहा छैन’ भनेर उन्मुक्ति पाइँदैन

लामिछानेमाथि छानबिन समितिको टिप्पणीः जिम्मेवारीमा बस्नेले ‘थाहा छैन’ भनेर उन्मुक्ति पाइँदैन

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’