
काठमाडौँ – संविधान दिवसका अवसरमा राजधानीको दरबारमार्गमा बिहीबार ‘नेशनल डे कन्सर्ट’ आयोजना गरिएको छ। नागरिकस्तरबाट कन्सर्टको आयोजना गरिएको हो।
अपराह्न ४ बजे नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको थियो। त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी कलाकारले प्रस्तुति दिएका थिए।।
कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत गरियो। यस्तै, समारोहमा आतिसबाजीसमेत गरिएको थियो।
कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए। ‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।