
सिमकोट – जिल्लामा ३८ जना बिरामीको शल्यक्रिया गरिएको छ। दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दुका बिरामीको चिकित्सकद्वारा शल्यक्रिया गरिएको हो।
आँखा शिविरमा ५८३ जना बिरामीको आँखाको उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेश महतले बताए।
त्यसमा २९८ जना महिला र २८५ जना पुरुषको उपचार भएको हो। त्यसैगरी ३८ जना आँखाको बिरामीको मोतीबिन्दुको शल्यक्रिया भएकोमा २२ महिला र १८ जना पुरुष छन्।
शिविर हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्याति संघ काठमाडौं, आई केयर फाउण्डेसन काठमाडौं र सि.वि.एम. सुर्खेतको आर्थिक तथा प्राविधिकि सहयोग नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाको आयोजना सञ्चालन भएको हो। शिविर सञ्चालनका लागि सात जनाको चिकित्सकसहितको टोली जिल्लामा आएको थियो।