स्वास्थ्य क्षेत्रमा देखिएको समस्या नीतिगत र कानुनी हिसाबले सुधार गर्नुपर्छः मुख्यमन्त्री कार्की

स्वास्थ्य क्षेत्रमा देखिएको समस्या नीतिगत र कानुनी हिसाबले सुधार गर्नुपर्छः मुख्यमन्त्री कार्की
+
-

मोरङ – स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जोड दिएका छन्।

शनिबार विराटनगरमा २४ औं राष्ट्रिय दन्त सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरी अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार नीतिगत र कष्नूनी हिसाबले सुधार गर्ने तयारीमा रहेको जानकारी दिए। प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न बेग्लै स्वास्थ्य ऐन ल्याउनेतर्फ सोच बनाइरहेको बताएका मुख्यमन्त्री कार्कीले स्वास्थ्य ऐनमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने उल्लेख गरे।

प्रदेशका अस्पतालहरुमा समेत सरकारको साधन स्रोतले भ्याएसम्म दन्त चिकित्सक राख्ने बताएका मुख्यमन्त्री कार्कीले स्वास्थ्यका लागि दाँतको भूमिका अहम् हुने बताए। मुलुकमा रहेका दन्त चिकित्सकलाई विदेश पलायन हुनबाट रोक्न सरकारी र निजी अस्पतालका सुधार र ब्यवस्थापकिय क्षमता बढाएर काम गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए।

सम्मेलनमा मुलुकभरका करिब तीन सय दन्तचिकित्सक विराटनगरमा भेला भएकाछन्। सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाबारे प्रस्तुति गर्ने तयारी छ।

सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आमनागरिकलाई सचेतना जगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ विषयमा छलफल हुने आयोजक पक्षले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?