
काठमाडौँ – प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
साइबर कसुरमा आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंले आफ्नो गिरफ्तारीलाई राजनीतिक रंग दिन खोजे। प्रहरीले गाडीमा चढाउने बेलामा प्रसाईंले भने, ‘एक थोपो रगत छउन्जेल केपी ओलीसँग लड्छु।’