
सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणका नाममा सरकारले आफूबिरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीसमेत राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क गएका बेला लामिछानेलाई पक्रने तयारी सरकारले गरेको हो । उनले आइतबार राति पार्टी कार्यालयमा सम्बोधन सरकारले आफूमाथि ट्रायल गरिरहेको आरोप पनि लगाएका छन् ।
प्रहरीले आइतबार नै उनी गोर्खा मिडियामा हुँदाका व्यावसायिक साझेदार छविलाल जोशीलाई पक्राउ गरेको छ ।
लामिछानेले भने, ‘म भागेको छैन । लुकेको छैन । जुन ट्रायल गर्न खोजेको छ त्यो मैले बुझेको छैन ।’
वर्षौंदेखि राजनीति गरेका दल एउटा व्यक्तिसँग डराएको उनले आरोप लगाए । ‘यो ट्रायल गरेर मलाई तर्साउन सक्नुहुन्न,’ लामिछानेले भने ।
तस्बिरहरू: