मोरङमा बढ्दै छन् डेँगीका बिरामी

मोरङमा बढ्दै छन् डेँगीका बिरामी
+
-

मोरङको रंगेली नगरपालिकामा डेंगीको विरामी संख्या बढ्दै गएको छ।

अस्पालका चिकित्सक सुरज अर्यालका अनुसार गएको सातादेखि यता दैनिक विरामी संख्यामा बृद्धि हुँदै गएको हो ।

डा. अर्यालले गएको एकसातामा १८ जनाभन्दा बढी संख्यामा डेंगीको विरामी उपचारका लागि भर्ना भएको जानकारी दिए ।

तीमध्ये ३ जना बिरामीको आइसियूमा राखेर उपचार भइरहेको र अधिकांश बिरामी उपचारपछि घर फर्किएका छन्।

डेंगीकै एक विरामीलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको उनले जानकारी दिए ।

त्यसैगरी अस्पतालका ल्याब प्रमुख ललित यादवका अनुसार ज्वरो आएका विरामीको रगत परीक्षणका क्रममा डेंगी देखिएको हो। रंगेली अस्पतालमा स्थानीयसँगै धनपालथान, रतुवामाइ, कानेपोखरी, सुनवर्षी नगरपालिकासंगै भारतको सीमावर्ती क्षेत्रहरुबाट विरामीहरु उपचारका लागि पुग्ने गरेका छन् ।

अस्पतालमा डेंगुका बिरामी वढेपछि रंगेली नगरपालिकाले वडास्तरमा स्वास्थ्यकर्मी परिचालन गरी सरसफाइ र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

लामखुट्टेबाट हुने डेंगीबाट जोगिन घर वरपर सरसफाइमा ध्यान दिनुपर्ने, झुल टाँगेर सुत्ने, पानी जम्न नदिने र वारम्बार ज्वरो आए उपचारका लागि अस्पताल पुग्न नगरपालिकाले जानकारी गराएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?