
माेरङ – विराटनगरबाट गाईघाटतर्फ गइरहेको यात्रुवहाक बस सप्तकोशी नदीमा खसेको छ। बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो।
ढोका बन्द भएको हुँदा सो स्थानमा बालुवा रहेको र बसमा सवार २४ जनामध्य केही घाइते रहेको भन्टावारीस्थित बस ब्यवसायी पशुपति कामतले जानकारी दिए। उनका अनुसार पानी परिरहेको अवस्थामा बेलुका ६ बजे बस नदीमा खसेको हो।
दुर्घटनामा घाइते भएर सामान्य चोटपटक लागेका यात्रुलाई भन्टावारीस्थित क्लिनिकमा र अन्यलाई थप उपचारका लागि धरान लैजाने तयारी भएको कामतले जानकारी दिए। सो बस विराटनगरबाट साढे ३ बजे गाईघाटका लागि निस्किएको हो।