
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।
उनी सोमबार अपराह्न काठमाडौँ आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेलले स्वागत गरे।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यही असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए। उनले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए।
उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंकाका महासचिव एन्टोनियो गुटेरेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुसँग भेट गरेका थिए।