
काठमाडौँ- काठमाडौँ उपत्यकाको ललितपुर क्षेत्रका बासिन्दालाई सँधै सानो जमिनको आकार लिएर बग्ने नख्खु खोलाले बितन्डा मच्चाउँछ भन्ने कुनै अनुमान थिएन। तर दुई दिन अघि आएको भयानक बाढीले उक्त खोलाले ठूलो जनधनको क्षति गर्यो।
मानिसहरूको घर/घरमा पानी पस्यो। धेरैको उठिबास लगायो।
अहिले पनि नख्खु खोला आसपासका बासिन्दाले चैनको सास फेर्न पाएका छैनन्। विकास भएको मानिएको त्यहाँका बासिन्दा अहिले बाढीले गरेको विनाश हेरेर बस्नुपर्ने बाध्यता छ।
उनीहरूलाई कस्ले क्षतिपूर्ति देला र अब के गर्ने भन्ने अन्योल छ। खोलामा आएको बाढीले गरेको विनाशका तस्बिरहरू खिच्न देशसञ्चारकी फोटो पत्रकार बर्षा शाह नख्खु खोला आसपास पुगेकी थिइन्।
तस्बिरहरूः