‘अनि मलाई पनि हिम्मत आयो’

+
-

काठमाडौँ– बिहीबार रातिदेखि निरन्तर शनिबार बेलुकीसम्म आएको वर्षाले देशभर विपद् निम्त्यायो। सयौँको मृत्यु भयो। सयाैँ बेपत्ता भए। सयौँ घाइते भए। हजाराैँ परिवार विस्थापित भए। हजारौँको उद्धार भयो। अझै कति बेपत्ता छन भनेर यकिन भइसकेको छैन।

देशभरको तुलनामा सबैभन्दा क्षति काठमाडौँ उपत्यकामा  भएको छ। देश सञ्चारले ललितपुरमा स्थानीय सरकारले कसरी उद्धार गर्‍याे भनेर ललितपुर महानगरपालिका १३ का वडा अध्यक्ष गणेश केसीसँग कुरा गरेको छ।

केसीले आफूलाई बाढीपहिरोमा मानिसहरू फसे भनेर शुक्रबार बिहान ३ बजे खबर आएको बताए। आफू घटनास्थलमा पुग्दा त्यहाँको अवस्था भयावह रहेको र आफू एक्लैले केही गर्न नसकेपछि सुरक्षा निकायलाई खबर गर्दा कसैलाई सम्पर्क नभएको बताए।

उनले भने, ‘म त्यहाँ पुग्दा अवस्था भयावह थियो, केही गर्न सक्ने अवस्था थिएन। सबैलाई फोन गरेँ, कसैलाई लागेन। कसले उठाएनन्, बल्ल नगर प्रहरीलाई लागेको थियाे, उहाँहरूले पनि मान्छे पुरिएको ठाउँमा जाँदै छौँ भन्नु भयो।’

केही समयमा सशस्त्र प्रहरी बल नेपालसँग आफ्नो सम्पर्क भएको र उनीहरु उद्धार गर्न आएपनि उद्धार गर्ने सामग्री नभएको उनी बताउँछन्।

उनले भने, ‘त्यसपछि बल्ल सशस्त्रलाई फोन लाग्यो र उहाँहरु आउनुभयो तर उद्धार गर्ने सामाग्री रहेनछ बल्ल-बल्ल डोरी र बोट ल्याएर उद्धार सुरु भयो।’

केसीले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई पनि खबर गरेका थिए तर महर्जनले नै ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई पनि खबर गरेपछि  प्रमुख जिल्ला अधिकारी ‘सिडियो’ तीनवटै सुरक्षा निकायसहितको टोली बिहान ७ बजेको आसपासमा घटनास्थलमा पुगेका थियाे।

उनले भने, ‘बिहान करिब ७ बजेतिर मेयर र ‘सिडियो’ पनि आउनुभयो। आर्मीको टोली, सशस्त्र एसएसपीको टोली पनि आउनु भयो। त्यसपछि उद्धार पनि सुरु भयो। मलाई पनि हिम्मत आयो।’

उनले थपे, ‘खोलाको बिचमा रहेको घरको जस्तामाथि उभिएका मान्छेको आवाज मात्र आउँछ के गर्ने अन्योल भयो। बोटले पनि काम गरेन पछि नौ बजेपछि हेलिकप्टर आएर ७ जनालाई उद्धार गरियो। आर्मीको टोलीले पनि बोट लिएर आउनुभयो र मेडिसिटी पछाडिका बच्चाहरूलाई उद्धार गरियो।’ 

उनले सक्ने जति बोट र भर्‍याङबाट वृद्धहरूलाई उद्धार गरेको सम्झिए।  उद्धारको समयमा एक युट्युबरले स्थानीय सरकार कहाँ छ भनेर कराइरहेको बेला टिपेर खोलामा फालिदिउँ जस्तो लागेकाे  उनले सुनाए।

उनले भने, ‘ त्यति खेरको अवस्था के गर्ने भन्ने अन्योल रहेको थियो। तर दु:ख लाग्दो कुरा के थियो भने एक युट्युबर भाइले यस्तोमा स्थानीय सरकार कहाँ छ भन्छ। मलाई त्यस्तो सुन्दा ट्याप्प टिपेर खोलामा फाल्दिउँ जस्तो भएको थियो तर म केही बोलिन।’

खोलाको किनारमा अरु ५,१० जना मनिसहरु बस्ने भनिएपनि यति नै भनेर यकिन नभएको उनले बताए।  उनले भने, ‘किन भने उहाँहरु तरकारी खेती र बगुंर पालेर बस्नुभएको थियो, अहिले काेही पनि छैन। सोफा र ड्रममात्र छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?