स्वास्थ्य बीमाको रकम भुक्तानी नहुँदा रंगेली अस्पतालमा उपचार सेवा प्रभावित

स्वास्थ्य बीमाको रकम भुक्तानी नहुँदा रंगेली अस्पतालमा उपचार सेवा प्रभावित
+
-

मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको रंगेली अस्पतालमा स्वास्थ्य बीमा सेवाको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।

अस्पतालका सूचना अधिकृत विकास पोखरेलका अनुसार अस्पतालमा बीमा रकममा उपचार सेवा लिएकामध्ये करिब ५ करोड ३३ लाख १७ हजार रुपैयाँ बीमा कम्पनीबाट भुक्तानी हुन नसकेको जनाए।

बाँकी रहेको सो भुक्तानी रकम गत वर्ष ०८० माघ महिनादेखि हाल असोज १४ गतेसम्मको भएको पोखरेलले जानकारी दिए। हाल अस्पतालले दैनिक ७ सयसम्म बिरामीलाई उपचार सेवा दिँदै आएको उनले बताए। अस्पतालमा विभिन्न उपचारका सेवाहरु थप गरिएपछि उपचार गराउनेको भीड बढ्दै गएको हो।

अस्पतालमा स्थानीय पालिकासँगै सुनबर्सी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, दक्षिणतर्फ भारतको बिहारबाटसमेत बिरामी उपचारका लागि पुग्ने गरेका छन्। सोही क्रममा रंगेली नगरपालिकाले समेत नगरभित्रका अति विपन्न घरपरिवारका २ हजार बढी घरघुरीका स्थानीइ निःशुल्क स्वास्थ्य बीमासमेत गराएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तकुमार मण्डलले स्वास्थ्य बीमाको रकम समयमा भुक्तानी नहुँदा सेवा प्रभावित हुने बताए। उनले समयमा अस्पतालको रकम निकासा नहुँदा अस्पतालका विभिन्न सेवा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए।

उनले भने, ‘सरकारले बीमाको रकम भुक्तानी दिएको छैन। बीमाको रकम भुक्तानी नहुँदा बिरामीका लागि औषधिलगायतका सामाग्री खरिदमा असहज हुन थालेको छ। बीमा रकम भुक्तानका लागि पटक–पटक कम्पनीमा ताकेता, पत्र पठाए पनि कम्पनीले आलटाल गरिरहेको छ।’

अस्पताल प्रशासनका अनुसार विगतका दिनमा बिरामीको चापअनुसार मासिक २५ लाख रुपैयाँको बीमा रकम दाबी हुने गरेको थियो। तर पछिल्लो समय मासिक १ करोड रुपैयाँसम्म उपचार सेवाको बीमा रकम जोडिदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?