
काभ्रेपलाञ्चोकको पनौती-१२ रोशीका केही बाढीपहिरो पीडितलाई हन्ड्रेड्स ग्रुपले राहत उपलब्ध गराएको छ।
विभिन्न व्यक्ति र संस्थाको सहकार्यमा उनीहरूले सहयोग गरेको हन्ड्रेड्स (१००’s) ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ताले जानकारी दिए।
‘अहिले हामीले यो सुरुवात गरेका हौं। हामीलाई यहाँ गार्हो अवस्था छ भनेर सहयोगको आग्रह आएको थियो। त्यसैले हामीले पनि पूर्ण विवरण नभए पनि उहाँले अहिले भनेअनुसार सहयोग गरेको हाे,’ उनले भने ।
यो राहतको सहयोग निरन्तर गर्ने पनि उनले जानकारी दिए। ‘आज हामीले ३० जनालाई सहयोग गरेका हौँ। निकै आवश्यक रहेकोहरुलाई गरेका हाैँ,’ उनले मंगलबार भने।
रोशीमा बाढीपहिरोकाे यकिन विवरण नआए पनि धेरै नै धनजनको क्षति भएको स्थानीयले बताए।
बाढी तथा पहिरो पीडितले विपत् आएको यत्रो दिन हुँदा पनि सरकार तथा स्थानीय निकायले कुनै पनि चासो वा वास्ता नगरेको गुनासो पनि गरे।
बर्षा शाहका तस्बिरहरू: