सिनामंगलस्थित ‘हार्दिक आईभिएफ’मा प्रजनन, स्त्रीरोग र आइभीएफ हेर्दै आइरहेको छु। पछिल्लाे समय निःसन्तानपन बढ्दै गइरहेको छ। निःसन्तानपन समस्याबाट समाधान खोज्दै हामीकहाँ आउनेहरु पहिलेको तुलनामा बढी नै छ। सायद यसरी संख्यात्मक रूपमा बढ्नुचाहिँ मिडियाको भूमिका सकारात्मक भएर होला। पहिला एकैखालको बिरामी आउँथे अहिले, विभिन्न समस्या खुलेर बताउन सक्नेहरू आउँछन्। युवाकालमै महिनाबारी सुकिसकेको अवस्थाका बिरामी पनि आइरहनु भएकाे छ।
कम्तीमा समयमा जाँच गराउनुपर्छ भन्ने दिदीबहिनीहरूको संख्या बढेको छ। आसैआसमा ‘बच्चा हुन्छ हुन्छ’ भनेर घरमा बस्छन् र पछि ढिलो भएपछि पछुताउनेहरू पनि हुनुहुन्छ। ‘टाइम लस किन गरें’ भन्ने बिरामीहरू पनि आइरहनु भएको छ। यस्तो अवस्थामा गाह्रो हुन्छ ।
कतिपय दिदीबहिनीको कहिलेकाहीँ आफ्नै अण्डाबाट पनि गर्भवती नहुन सक्छन्। के कारणले त्यस्तो हुन्छ त ? हामी यसै विषयमा कुरा गरौं ।
पिसिओएस (पोलिसिस्टिक ओभरी स्यान्ड्रोम) को लक्षणहरू :
महिनाबारी गडबडी- धेरै नै लक्षणहरु मध्ये मुख्य लक्षण महिनाबारी हो । यो प्रक्रियामा जब समस्या आउन थाल्छ अनि पिसिओएसमा सामान्य समस्या देखिन थाल्छ । जस्तै २१ देखि ३५ दिनभित्र महिनाबारी हुनुको ठीकठाकै मानिन्छ । तर पिसिओएसमा महिनाबारी गडबढी हुँदै जान्छ। ३५ दिनभन्दा पर जान्छ र कसैको ६ महिनासम्म पनि महिनाबारी हुँदैनन्। कसैको रक्तस्राव बढी हुने पनि गर्छ।
तौल बढ्ने- दोस्रो लक्षण भनेको तौल बढ्ने हुन्छ। कम खाएको जस्तो लाग्छ तर तौल बढ्दै जान्छ।
मुखमा पिम्पल्स आउने- मुखमा पिम्पलहरू आउने हुन्छ। मेल हर्मनहरू बढी देखिन्छ। कपाल झर्न थाल्छ।
मेल हर्मन हावी हुने- हर्मनको डिस व्यालेन्स हुन सक्छ। डिप्रेसन पनि हुन्छ। मेन्टली प्रभाव बढ्छ।
बाँझोपन बढ्ने- नि:सन्तानपन बढ्ने हुन्छ। अण्डा निष्कासन नियमित हुनु पर्ने हो, हुँदैन।
यो समस्या बढीभन्दा बढी १५ देखि४५ वर्ष उमेर समूहका महिलाहरूमा हुने गर्छ। अर्थात महिनाबारी रेगुलर नहुनु, बल्ड टेस्ट गर्दा मेल हर्मोन बढी हुनु र अल्ट्रासाउण्ड गर्दा डिम्बको मात्र बढी हुनु नै पिसिओएस हो।
यसलाई समयमा जाँच गरिएन भने अन्य रोगहरू जस्तै इन्सुलिन काम गर्न नसक्ने हो। ४० वर्षभन्दा पछाडि हुने ‘डाइबेटिज’ अगाडि नै हुन थाल्छ। त्यसैगरी मुटुको समस्या हुन्छ। पाठेघरको क्यान्सर पनि हुन सक्ने सम्भावना हुन्छ। बाँझोपन त बढ्ने नै भयो। लाइफ स्टाइल र आजभोलिको खानपिनले पनि असर गरेको हुन्छ।
दीर्घकालीन र अल्पकालीन के कस्तो खालको असर हुन सक्छ भनेर सोध्ने पनि गर्नुहुन्छ। खासमा अल्पकालीन भनेको १५ देखि २५ वर्षसम्म त महिनाबारी नै गडबढी हुन्छ। बच्चाको रहर गर्दा पनि बच्चा बस्दैन।
पिसिओएस भन्नेबित्तिकै नेचरली बच्चा हुँदैन भन्ने हुन्छ र त आइभीएफमा लाने हो। पिसिओसमा त अण्डाको भण्डार धेरै हुने गरेको छ। पेट फुलिने र फोक्सोमा पानी पनि जम्ने हुन सक्छ।
अब आइभिएफमा जानका लागि दश देखि १२ दिन सुइ लगाउनुपर्छ। पर्सिपल्ट अर्थात ३५—३६ घन्टापछि अण्डा झिक्ने हुन्छ। अण्डाको मेल मिलाएर भ्रुण झिकिन्छ। शुक्रकिटसँग मिलाइन्छ। महिनाबारी गराएर ट्रान्सफर गरिन्छ।
आइभीएफ के हो यसबारे पनि बुझौं:
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ। बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभीएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ। सामान्य भाषामा टेष्ट्युब बेबी।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा ३ देखि ५ दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रूणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।
पिसिओएसको आइभीएफ कारणले गर्दा चाहिँ अलिकति जोखिम पनि हुन्छ। धेरै भन्दा धेरै अण्डा बढ्न थाल्छ। त्यो अण्डाले चाहिँ बढीमा क्यामिकल फ्याक्छ। पेटमा फोक्सोमा पानी जम्ने । बिरामीलाई सास फेर्न गाह्रो हुन्छ। अरूलाई भन्दा पिसिओएसका महिलालाई बढी हुन्छ। निसन्तानको बिरामी हुने। दिर्घकालीन समस्यामा प्रेसेर बढ्ने हुन पनि सक्छ। तर के बुझिराखौं भने, पिसिओस भन्दैमा सबैलाई आइभिएफ चाहिन्छ भन्ने होइन।
आइभीएफको माध्यमबाट आमा बन्ने प्रक्रिया यस्तो हुन्छ:
पूर्वतयारी अवस्थामा निःसन्तान दम्पत्तिको बाँझोपनसम्बन्धी अवस्थाको विस्तृत पहिचान गरिन्छ। चिकित्सकीय माध्यमबाट श्रीमानश्रीमतीको सम्पूर्ण जाँच गरिन्छ। जसअन्तर्गत श्रीमान र श्रीमतीको कुन–कुन कुरामा समस्या वा खराबी छ, के कारणले सन्तान हुन नसकेको हो भन्नेबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरिन्छ।
सामान्यतः महिलाको पाठेघरको सुरूआती अवस्थालाई विस्तृत अध्ययन गरी तयारी गरिन्छ। त्यसपछि महिनावारी हुनेवित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ।
जतिबेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ, एउटा सुई दिएर ३५ –३६ घण्टापछि अण्डा बाहिर निकालिन्छ। यो प्रक्रिया शल्यक्रियामार्फत् हुन्छ। यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा विर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ। त्यहीँ भ्रूण विकास हुन्छ।
यदि विर्यको मात्रा कम छ वा कुनै खराबी भए एउटा मात्र विर्य डिम्बाशयमा छिराएर भ्रूण विकास गर्नुपर्छ। इन्कुबेटरमा राखिएको भ्रूणको ३ देखि ५ दिनमा अवस्था नियालिन्छ। विकसित भ्रूणको अवस्था र गुणस्तर हेरेर ट्युबको माध्यमबाट पाठेघरमा राखिन्छ।
बिरामीलाई आवश्यक औषधी दिएर १४ दिनमा अस्पताल बोलाइन्छ र त्यसपछि गर्भाधारण अवस्थाबारे जाँच गरिन्छ। विश्वव्यापी रुपमा आइभीएफ विधिको सफलता ४५ देखि ५० प्रतिशत रहेको मानिन्छ।
सामान्यतया, पहिलो चरणको प्रक्रियामा पाँच वटाभन्दा बढी भ्रूण बनाइन्छ। महिलाको अवस्था हेरर एक वा दुई वटा भ्रूण पाठेघरमा हाल्ने गरिएको छ। बाँकी भ्रूण सुरक्षित राखिन्छ। यदि पहिलोपटक सफल नभए, अर्कोपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा हालिन्छ।
दोस्रो पटक पाठेघरमा भ्रूण हाल्दा सुरूको प्रक्रियामा जानुपर्दैन। प्रयोगशालामा राखिएको भ्रूण राख्ने मात्र हो। अहिलेसम्मको नतिजा हेर्दा यसरी सुरक्षित भ्रूण राख्दा पहिलेकोभन्दा प्रभावकारी नतिजा आएको छ।
पिसिओएसका बिरामी दिदीबहिनीलाई हामी बुझाउँछाैं :
पिसिओएसमा मात्रै हेर्ने हो भने, अल्ट्रासाउण्ण्ड गरेर हेर्दा जुन अण्डा हामीले हेरिरहेका छौं त्यो खाली हुन सक्छ। बच्चा नबन्न सक्छ। तर आइभीएफमा मसिनो निडलबाट अर्थात माक्रोसफ्टबाट हेरिन्छ। धेरैजस्तो पिसिआएसमा खाली हुन्छ। वर्षमा १२ साइकल हुन्छ त्यो खेर गयो भने गाह्रो हुन्छ। यसो हुँदा आइभिएफबाट काम गर्न सकिन्छ। यो फर्टिलाइज भएको हो भन्ने हुन्छ। पोजिटिभ हुन्छ र टाइम—लस पनि कम हुन्छ। पिसिओसमा भर पर्दो हुदैन ।
आमा बन्न चाहने दिदीबहिनी तथा आफन्त डराउनु पनि हुन्छ:
कतिपय दिदीबहिनीले श्रीमान लिएर आउनु हुन्छ। कहिले सासु र आमा पनि लिएर आउने गर्नुहुन्छ। श्रीमान्भन्दा अरू आउँदा चाहिँ अप्ठ्यारो मान्नुहुन्छ। चिन्ता देखाइरहनु हुन्छ। अनेक जिज्ञासाहरु लिएर आउनुहुन्छ। बेहोस गर्छन् कि भनेर डर मान्नुहुन्छ। चिरफार गर्छन् कि भनेर जिज्ञासा राख्नुुहुन्छ। सम्झाउँछौं। बुझाउँछौं। दुई घन्टा पछि घर जान मिल्छ भनेर बुझाउँछौं।
आइभीएफ भनेपछि श्रीमानहरू पहिला पहिला लाज मान्ने गर्नुहुन्थ्यो। अहिले उहाँहरू नै सचेत हुनुहुन्छ। मैरे कारणले पो बच्चा नभएको हो कि भनेर अनेक सोचबिचार गरेको पाइन्छ।
अहिले आइभीएफ सर्वसुलभ छ। पहिला विदेश जानु पर्थ्याे। अहिले नेपालमै हुन्छ। सामाजिक सञ्जाल तथा इन्टरनेटबाट पनि धेरै जानकारी लिन सक्नुहुन्छ र प्रश्नहरु गर्न सक्नुहुन्छ।
समाजमा त फरक-फरक बिचारका हुन्छ:
समाज त परिवर्तनशिल छ र पनि आइभीएफ भनेपछि आफ्नै बच्चा होइन भन्ने सोच्ने रहेछन् कतिपयले। उसको बच्चा होइन अरुकै राखेको हो भन्ने नकारात्मक सोच छरछिमेकमा गरिँदोरहेछ। आइभिएफ गरेको ट्याग लाग्छ भनेर डराउने रहेछन्। ‘आइभीएफ गरेको छु भनेर नभन्दिनु है’ भन्ने अभिभावक पनि छन्। तर समाजमा विहे गरेको २० औं वर्ष पछि सन्तान पाउँदा खुसी हुनेहरू पनि हुनुहुन्छ। आइभीएफले गरेको सहयोगप्रति कृतज्ञ छन् र भिडियोमा समेत बोल्दिनुहुन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवायुवतीको परिवारमा सन्तान हुन नसकेको बढी देखिन्छ। धेरै गर्मी ठाउँमा काम गर्दा विर्यमा समस्या देखिएको छ। यस्तो अवस्थामा सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ केन्द्र हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ।
विर्य फ्रिज गर्ने सुविधा पनि छ:
यस केन्द्रमा निःसन्तान, प्रसुति तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रयस्तरको उपचार सुविधा उपलब्ध छ। यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरू परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आइयुआइ, आइभीएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको छ।
अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मसिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँचदेखि भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यावस्था समेत गरेको छ।
(राज सरगमसँगकाे कुराकानीमा आधारित)