
काठमाडौँ – नेपालीहरुको महान पर्व दसैँ सुरु भइसकेको छ। दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको भीड लागेको छ।
यतिबेला राजधानीको न्यूरोड, असनलगायतका क्षेत्रमा दसैँको किनमेल गर्नेहरुको घुइँचो छ। सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्।
दसैँमा नयाँ लुगा लगाउने र मान्यजनकोमा आशिर्वाद थाप्न जाने भएकाले सर्वसाधारणहरु नयाँ गरगहना तथा सामानको किनमेलमा व्यस्त देखिएका हुन्।