आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरि विस्तार गरिने

आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरि विस्तार गरिने
+
-

मोरङ – कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरि विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ।

स्वास्थ्यमन्त्रीसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालासँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउनेबारे छलफल गरेका हुन्। मुख्यमन्त्री कार्कीले आँखा उपचारका कार्यक्रमलाई आगामी वर्ष प्रदेश सरकारले बजेटमा समेट्ने गरी तयारी गर्ने जानकारी दिए।

कोशी प्रदेशमा स्मार्ट भिजन ग्लासको प्रयोगलाई नमूनाको रुपमा कसरी लैजान सकिन्छ र प्रदेशका दुर्गम जिल्लामा आँखा उपचार सेवा पुर् याउनका लागि काम गर्ने गरी छलफल गरिएको थियो।

गायिका मेनुका पौडेलले प्रयोग गरेको स्मार्ट भिजन ग्लास प्रदेशका दृष्टिविहीनलाई प्रयोग गर्ने गरी नमूना कार्यक्रम सुरु गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मोवाइलसहित करिब १ लाख रुपैयाँ पर्ने यो स्मार्ट भिजन ग्लास प्रयोगले दृष्टिविहीनको जीवन सहज बनाउन र उनीहरुलाई काम गर्न समेत सहयोग पुग्ने बताइएको छ।

तिहार पूर्व तीन जना प्रदेश दृष्टिविहीनलाई यसको प्रयोग गर्ने गरी विराटनगर आँखा अस्पतालले तयारी सुरु गरेको छ। छलफलमा प्रदेशभर करिब ४ हजार ४ सय जना दृष्टिविहीन नागरिक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि दृृष्टिविहीनलाई सहयोग गर्ने बताए।

छलफलमा नेत्रज्योति संघ प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, स्वास्थ्य सचिव डा. राधिका थपलियालगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?