पोखरामा दशैँसँगै भित्रिने हिमाली भेडाच्यांग्रा (फोटो/भिडियो)

+
-

पोखरा – पोखराको सिमपानीदेखि याम्दीको पुलसम्म भेडाच्यांग्राका हुल छन्। किनेबेच गर्न मोलमोलाइ चलिरहेको छ। भेडाच्यांग्रा र मान्छेका हूलले मेलाजस्तै देखिन्छ।

पोखरामा जब हिमालका भेडाच्यांग्रा भित्रन्छन् तब दशैँको रौनक आउँछ। हरेक वर्ष घटस्थापना पहिलेदेखि भेडाच्यांग्रा ल्याउने क्रम सुरु हुन्छ।
हिमाली पाटन र बुकीमा चरेका भेडाच्यांग्राको स्वाद तिख्खर स्वास्थ्यका दृष्टिकोणले पोषिलो हुने भएकै कारण पोखरेलीले रुचाउँछन्।

त्यसैले मुस्ताङ, डोल्पा, जुम्ला, बझाङ, बाजुरालगायतका जिल्लाका किसान र व्यापारी भेडाच्यांग्रा लिएर पोखरा झर्छन्। खसीबोकाको तुलनामा बिक्रीसमेत बढी हुन्छ।

यो वर्ष २५ हजारदेखि ४२ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ। यहाँ प्रतिकिलो भन्दा मोलामोलाइ गरेर किनबेच गर्ने चलन छ। कास्कीमा यसपाली १५ हजार बढी भेडाच्यांग्रा भित्रिने अनुमान रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको अनुमान छ।

यतिबेला छिटफुट व्यपार भइरहेको छ। सबैभन्दा धेरै किनबेच फूलपातीको दिनमा हुन्छ। दशैंका बिक्री नभएको भेंडाच्यांग्रा सिमपानी क्षेत्रमा तिहारसम्मै बिक्रीका लागि राखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?